९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

कपिलवस्तुमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

५ असार, कपिलवस्तु । कपिलवस्तुको गौडीचोकमा आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका–३ भिक्षुचोक बस्ने ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई आज बिहान ११ बजे ठक्कर दिएको हो । टिपर सहित चालकलाई वडा प्रहरी प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : June 19, 2022 at 1:32 pm