२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

५ असार, चितवन । चितवनको ईच्छाकामना गाँउपालिका ६ चारकिलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ । प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो ।

सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार ११:०१