९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

५ असार, चितवन । चितवनको ईच्छाकामना गाँउपालिका ६ चारकिलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ । प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो ।

सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

प्रकाशित मिति : June 19, 2022 at 11:01 am