२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

५ असार, रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा गएराती मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार भारतिय नागरिक ३० वर्षीय उज्जल सिंह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज अफ साईन्स भैरहवामा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय सिराज अहमद मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ । भारतिय नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १०:५७