२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

असाम र मेघालयमा बाढी पहिरोमा परेर कम्तीमा ३१ जनाको मृत्यु

४ असार, असाम । असाम र मेघालयमा वर्षापछिको बाढी पहिरोमा परेर ३१ जनाको मृत्यु भएको छ । १. आसामका २८ जिल्लाका कम्तीमा १९ लाख मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीबाट बजाली जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । ब्रह्मपुत्र र गौराङ्गा नदीमा पानीको सतह धेरै क्षेत्रमा खतराको स्तरभन्दा माथि बगिरहेको अधिकारीहरूले बताएका छन् ।

असममा पछिल्लो दुई दिनमा आएको बाढीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । मेघालय प्रशासनले पछिल्लो २ दिनमा १९ जनाको मृत्यु भएको जनाएको छ । बाढी प्रभावित जिल्लाका प्रशासनले सतर्कता जारी गर्दै मानिसहरूलाई अत्यावश्यक वा आपतकालिन अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार १३:०९