२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

‘जुम्लाका पत्रकार आवाज विहीनको सारथि बन्नुपर्छ’

३ असार, जुम्ला । जुम्लाका पत्रकार आवाज विहीनको आवाज बन्नुपर्ने आम सञ्चार तथा पत्रकारिता विभागका उपप्राध्यापक युवराज शर्माले बताए । उनले सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ शाखा जुम्लाको समन्वयमा र वर्षा मल्टी प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशील पत्रकारलाई रेडियो पत्रकारिता, उद्घोषण तथा अधारभुत पत्रकारिता सम्बन्धित तालिम यस्तो बताएका हुन् ।

उनले पत्रकारितामा अवसर र चुनौती दुवै भएको बताए । पत्रकार नागरिकलाई सुसूचित बनाउने र सरकारी निकायलाई जवाफदेही तथा जिम्मेवार बनाउने निकाय भएको बताए । त्यस्तै जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जनताले सूचना नै पाएनन् भने पत्रकारले लेखेको औचित्य नहुने बताइन् । उनले नागरिकको आवाज रेडियोले सशक्त रूपमा उठाउनुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १९:०४