२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

आर्थिक विधेयकमाथि ६ असारदेखि दफावार छलफल हुने

२ असार, काठमाडौं । संसदमा आर्थिक विधेयक २०७९ माथि ६ असारदेखि दफावार छलफल हुने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तावलाई प्रस्तुत गरेका थिए ।

सो प्रस्तावलाई स्वीकृत गरेपछि सो विधेयकमाथि ६ असार सोमबारदेखि दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति तोकेका हुन् । बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुतमले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक ३ असार शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १७:५१