१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

प्रचण्डले झुठ बोल्दा विष्णु रिमाललाई लाज लाग्यो, यस्तो छ टिप्पणी

२ असार, काठमाडाैँ । नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता सन् २०१९ मा नै केपी शर्मा ओलीको सरकारले कार्यान्वयन गरिसकेको दाबी गरेपछि ओलीका तत्कालीन प्रमुख सल्लाहकार एवं नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रचण्डको झुठले लाज लागेको बताएका छन ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रचण्ड स्वंयलाइ मेन्सन गरेर टिप्पणी गर्दै उपमहासचिव रिमालले भनेका छन, ‘कुनै समय म पनि रहेको पार्टीमा अध्यक्ष समेत रहेको मानिस ⁦यतिसम्म झुठ बोल्छन् भन्नु पर्दा आफैंलाई लाज लाग्ने! फाल्तु टीप्पणी भन्दा तथ्य नै पछारे भई हाल्यो नि !’

प्रचण्डले पार्टी हेडक्वाटरमा बिहीबार बिहान रितबहादुर खड्काको स्मृति सभामा बोल्दै प्रचण्डले एसपिपी एमालेले गरेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘बरू यो एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामी सबैले बुझ्न जरूरी छ ।’

प्रकाशित मिति : June 16, 2022 at 2:48 pm