१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नदीमा खस्दा किशाेरीकाे मृत्यु

२ असार, बैतडी । बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशाेरीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउदैँ गरेकी अधिकारी नदीमा खसेकी हुन् ।

नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले निकालेका थिए । एक साता अगाडि एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।

बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको जिवितै उद्धार हुन नसकेकाे स्थानीय शिक्षक पदम साउदले बताए । गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ ।

प्रकाशित मिति : June 16, 2022 at 2:11 pm