१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

रवि लामिछानेले छाडे टेलिभिजनको जागिर, काठमाडाैँबाट प्रतिनिधिसभा चुनाव लड्ने

२ असार, काठमाडौँ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले टेलिभिजनको जागिर छाडेका छन । ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशन रहेका लामिछानेले बिहीबार टेलिभिजनबाट औपचारिक रूपमा विदा लिएका छन ।

कार्यक्रम सिधाकुराको प्रस्तोता रहेका लामिछानेले आफ्नो अबको यात्रा राजनीतिमा हुने संकेत गरेका छन । उनले प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गरेका छन । यद्यपी उनले स्वतन्त्र चुनाव लड्ने वा कुनै दलमा आवद्ध भएर लड्ने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् ।

यद्यपी उनले काठमाडाैँको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने उनका सहयोगीले बताएका छन । उनका धेरै सहयोगी राप्रपाको अभियानमा प्रवेश गरेका कारण उनी पनि राप्रपाबाट चुनाव लड्ने सम्भावना पनि उत्तिकै छ । यद्यपी उनको आफ्नै चाहना भने स्वतन्त्र लड्ने रहेको बुझिएको छ ।

उनको कार्यक्रम भने सोही कार्यक्रममा रिपोर्टर युवराज कडेँलले चालाउने भएका छन । काठमाडौँ महानगरपालिको मेयरमा बालेन्द्र साहको विजयपछि विभिन्न पेशा र व्यवसायमा रहेका व्यक्तिहरूले पनि राजनीतिमा चासो दिन थालेका छन ।

न्युज २४ टेलिभिजनमा रहँदाजस्तो कार्यक्रम चर्चित नभए पनि उनी पछिल्लो समय चिनिएका पत्रकारहरूको टिम बनाएर ग्यालेक्सी टेलिभिजन स्थापित बनाउन लागि परेका थिए । लामिछाने सबैभन्दा लामो टक शो गरेर विश्वकीर्तिमान राखेका व्यक्ति हुन ।

उनी यसअघि दुइ कुरामा विवादित बनेका थिए । एउटा अमेरिकी ग्रीनकार्ड लिएर नेपालको कानुनको उलंघन गर्दै पत्रकारिता गरेको भन्ने थियो भने अर्को पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहनको मुद्दा परेपछि थप विवादित बनेका थिए । यद्यपी पछिल्लो समय उनी टेलिभिजन कर्ममा मात्रै थिए ।

धेरैले उनैलाइ लागि गर्दै उनको कार्यक्रम हेर्ने गरेका थिए । देशको राजनीति र राजनीतिक नेताहरूको गतिबिधिबाट वाक्क दिक्क बनेकाहरूले भने उनले कार्यक्रमको सुरूवात गर्ने गालीका लागि ताली दिने गरेका थिए ।

प्रकाशित मिति : June 16, 2022 at 1:15 pm