१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

२ असार, कैलाली । कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ ।

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : June 16, 2022 at 12:26 pm