१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

महिला प्रमुख भएको स्थानीय तहमै महिला कर्मचारी नपठाउँ भनेर पत्राचार !

२ असार, काठमाडाैँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० का वडाध्यक्षले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका छन् । वडा अध्यक्ष अर्जुन कुमार पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हुन ।

नगरपालिकाले १० नं वडामा सुशिला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो।

नगरमा पठाएको पत्रमा भनिएको छ, ‘महिला वडा सचिवबाट असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गरिदिनुहुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णय अनुसार अनुरोध छ।’

हलेसी तुवाचुङ नगरपालिकाको मेयर विमला राई हुन् । यही नगरपालिकाका वडा नं ५ र ७ मा पनि महिला कर्मचारी छन्।महिला कर्मचारीलाई अस्वीकार गरेकोबारे जानकारी पाएको बताउँदै बिहीबार कार्यालय पुगेर छलफल गर्ने मेयर राईले बताइन ।

प्रकाशित मिति : June 16, 2022 at 11:50 am