२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

तनहुँमा रुवाखोलाको पुलबाट टिपर खस्यो, चालकको मृत्यु

२ असार, तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुने चालक तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको हो । मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार ११:२०