२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मधेस सरकारकाे साइकल ल्यापटप किन्न ७६ करोड बजेट

२ असार, जनकपुर । मधेस प्रदेश सरकारले बेटी ल्यापटप किन्नका लागि ७७ करोड रुपैयाँ छुट्याएको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेस गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रभावकारी बनाउने भन्दै ल्यापटप किन्नका लागि मात्रै ७७ करोड रुपैँया छुट्याएको जानकारी दिए ।

कक्षा ८ का छात्रलाई साइकल खरिदका लागि सोझै छात्राको खाता अनुदान रकम हस्तान्तरण गरिने उल्लेख गर्दै मन्त्री साहले बजेटमा उल्लेख गरेका छन्, ‘प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन एक एक थान ल्यापटपसमेत उपलब्ध गराउन उक्त कार्यक्रमका लागि ७७ करोड ४० लाख बजेट विनियोजन गरेको छु ।’

प्रकाशित मिति : २ असार २०७९, बिहीबार ११:००