२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मधेस प्रदेश सरकारले चार पाङ्ग्रे सवारी नकिन्ने

२ असार, जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चार पाङ्ग्रे सवारीसाधन खरिद नगर्ने दाबी गरेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९र८० को विनियोजन विधेयक पेश गर्दै सवारीसाधन खरिदमा रोक लगाइएको बताएका हुन् ।

‘आगमी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन,’ मन्त्री साहद्वारा प्रस्तुत बजेटमा भनिएको छ । संघ र प्रदेश सरकारहरुले खर्च कटौती र सवारीसाधन खरिद नगर्ने घोषणा हरेक वर्ष गर्ने गर्छन् । तर, सवारीसाधन खरिद रोकिँदैन ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १०:३९