मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर
१ असार, काठमाडौं । केही वर्षअघिको बलात्कार घटनाका आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोप पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा मुद्दा दायर गरेको हो ।
सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको छ । मुद्दामा मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको उनले बताए । आठ वर्षअघि एक सुन्दरी प्रतियोगितामा भाग लिएकी १६ वर्षे किशोरीलाई बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : June 15, 2022 at 6:31 pm









