२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

समाचार संकलनमा मेयर बालेन साहकाे अवरोध

१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र समाचार संकलनमा अवरोध गरेका छन् । महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका मिश्रलाई मेयर बालेन्द्र साहले सूचना संकलनमा अवरोध पुर्‍याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए । मेयर शाहले सो टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको घटनाप्रति सो टेलिभिजनले खेद व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १६:५२