१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

बागमती प्रदेशसभामा पाँच समितिका प्रतिवेदन पेस

१ असार, हेटाैँडा । बागमती प्रदेशसभाको बैठकमा विभिन्न समितिको पाँचवटा प्रतिवेदन पेस भएको छ । प्रदेश संसद् बैठकमा लोकसेवा आयोग र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस भएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन सदनमा पेस गरे ।

प्रदेश मामिला समिति सभापति माधव पौडेल, अर्थ तथा विकास समिति सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग, पर्यटन तथा वातावरण समिति सभापति रमा आलेले समितिको वार्षिक प्रतिवेदन सदनमा पेस गरेका हुन् । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरे ।।

प्रकाशित मिति : June 15, 2022 at 8:34 am