१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

तमिलनाडुमा नवविवाहित जोडीको हत्या

 ३१ जेठ, काठमाडाैं । भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ । राज्यको कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहित अन्तरजातीय जोडीको हत्या भएको छ ।

प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले अर्कै पुरुषसँग विवाह गरिन् । पति अति पिछडिएको जातिको रहेको बताइन्छ । प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ । हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन् ।

प्रकाशित मिति : June 14, 2022 at 11:11 am