६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

तमिलनाडुमा नवविवाहित जोडीको हत्या


 ३१ जेठ, काठमाडाैं । भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ । राज्यको कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहित अन्तरजातीय जोडीको हत्या भएको छ ।

प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले अर्कै पुरुषसँग विवाह गरिन् । पति अति पिछडिएको जातिको रहेको बताइन्छ । प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ । हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार ११:११