२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

सन्तोषले ल्याए ‘रेला नगरौँ न हौ’

२९ जेठ, काठमाडौं । पूर्वेली मौलिकताको थेगो ‘रेला नगरौं न हौ’ शीर्षकमा नयाँ वेब शृङ्खलाको निर्माण आरम्भ गरिएको छ । ओमेगा नेपालको प्रस्तुति रहेको यस शृङ्खलामा नेपालमा घट्ने घटनाहरूलाई समेटेर समसामयिक विषयवस्तुमा आधारित रहेर धारावाहिक रुपमा निर्माण गरिने जानकारी प्राप्त भएको छ ।

यस शृङ्खलाका परिकल्पनाकार, लेखक, निर्माता तथा निर्देशक सन्तोष ओमेगा (सुवास)ले मौलिक शृङ्खलाको आवश्यकता महसुस गरेर वेबसिरिज निर्माण थालेको बताए । आम दर्शकको रोजाई र मागलाई आत्मसात गरेर सोही बमोजिम सामग्री निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको भनाइ छ। हाललाई पूर्वमा प्राप्त स्थानीय कलाकारलाई समेटेर शृङ्खलाको निर्माण थालिए पनि आगामी दिनमा दर्शक र कथाको माग बमोजिम मूलधारका कलाकारहरूलाई पनि समेटिने उनले बताए ।

पहिलो भागमा चिट्ठा काण्ड उपशीर्षकमा उनले यस वेभसिरिजको निर्माण गरेका छन् । जिन्दगीको दिनचर्या क्रममा आउने कुने पनि घटना तथा परिघटना स्वभाविक भएकोले कुनै निर्णय गर्दा रेला (ठट्टा) गर्नु नहुने सन्देश प्रवाह गर्नु यस वेभसिरिज निर्माणको मुख्य उदेश्य रहेको उनले बताए ।

पहिलो शृङ्खलामा निर्देशकसमेत रहेका सन्तोष ओमेगा, लक्षणा राई, माधव केसी, मदन राई, कृष्ण काफ्ले, मनोज पुमा राई, रिया काफ्ले, सन्तोष तिवारी, कञ्चन दास, करण प्याकुरेल, कृष्ण खतिवडा, नोदराज ढकाल, विवेक न्यौपाने, विकास श्रेष्ठ, अशोक प्रेमी र पारुहाङ राईको अभिनय छ ।

प्रकाशित मिति : June 12, 2022 at 3:01 pm