२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

मनोज र अस्मिताको खोलीको पानी सार्वजनिक

२८ जेठ, काठमाडौं । नेपाली संगीत आकाशमा स्थापित गायिका तथा सुरिलो स्वरकी धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वरमा रहेको खोलीको पानी बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतमा नेपाली साहित्यका अनेक आयाममा कलम चलाउने गीतकार बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ ।

गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन्। समारिका ढकाल र प्रिन्स विस्वकर्माको अभिनय रहेको गीतको भिडियोमा साजन कट्टेलको निर्देशनमा रहेको छ। दोधारमा रहेकी आफ्नी प्रेमिकासँगको भलाकुसारिलाई गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। मौलिकतामा आधारित उक्त गीत सरोज पोखरेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : June 11, 2022 at 11:45 am