८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमाले छाडेकालाई फेरि स्वागत गर्न सकिन्नः अध्यक्ष ओली

२७ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेकालाई फेरि स्वागत गर्न नसकिने बताएका छन । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले एमालेमा पार्टी छाडेर गएकाहरूलाई स्वागत गर्ने परम्परा नै नरहेको बताए । ओलीले एमाले छाडेर गएकाहरू पुनः पार्टी प्रवेश गर्न भने सक्ने बताए । यद्यपी तिनीहरूलाई स्वागत गर्न भने नसकिने बताए ।

अध्यक्ष ओलीले भने, ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन ।

प्रकाशित मिति : June 10, 2022 at 11:47 am