१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

२६ जेठ, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव छन् ।

दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला दुबै जनासँगै रहेको बेला चट्याङ लागेको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा.ली लग्ने क्रममा बाटाेमै मृत्यु भएको हो ।

प्रकाशित मिति : June 9, 2022 at 4:23 pm