८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमाले बागमतीः जनसंगठनहरूले पनि स्थानीय तह निर्वाचनको समिक्षा गर्नुपर्ने

२५ जेठ, काठमाडाैँ । नेकपा एमालेको बागमती प्रदेशको जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचनको समिक्षा जनसंगठनहरू मार्फत पनि गर्ने भएको छ । मंगलबार पार्टी प्रदेश कमिटीको कार्यालय तलितपुरको च्यासलमा बसेको बैठकले यस्तो निर्णय गरेको संयन्त्रका उपप्रमुख एवं प्रचार विभागका प्रमुख महेश बर्ताैलाले जानकारी दिए ।
बर्ताैलाले बैठकले चार वटा मुख्य निर्णय गरेको जानकारी दिँदै असार १५ र १६ गते बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्रको आयोजनामा २२ वटै जनसंगठनकाको सहभागितामा दुई दिने आवासीय प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको बताए ।
त्यस्तै बैठकले असार ३० गते सम्म सम्बन्धित जनसंगठनहरुको बिधान बमोजिम अबधि पार गरेका तर सम्मेलन नभएका बागमती प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुको सम्मेलन र प्रदेश अधिबेशन सम्पन्न गर्ने गरि सम्बन्धित जनसंगठनहरुले योजना निर्माण गर्ने निर्णय पनि भएको छ ।
पार्टीको बागमती प्रदेश अध्यक्ष एवं संयन्त्रका प्रमुख केशवराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले असार १० गते सम्म जनसंगठनहरुले जिल्ला तहसम्मको आफ्नो सम्पूर्ण सांगठनिक विवरणहरु पार्टी प्रदेश कमिटीमा उपलब्ध गराउन निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : June 8, 2022 at 8:01 am