१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

कांग्रेसको पार्टी प्रवेश पनि बालुवाटारमाः एमालेले कारबाही गरेका मिश्रलाई देउवाले गरे स्वागत

२३ जेठ, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास नेपाली कांग्रेसको पार्टी कार्यालयमा रूपान्तरण हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिबिधिले प्रधानमन्त्रीको सरकारी निवास कांग्रेसको कार्यालय हुने अवस्थामा पुगेको ह्रो ।

सोमबारमात्र प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस प्रवेशको कार्यक्रम भयो । सो अवसरमा नेकपा एमालेको कारबाहीमा परेका ओखलढुंगाका एमाले नेता खेम मिश्र कांग्रेसमा प्रवेश गरेका छन् । मिश्र कारबाहीमा पर्नुअघि नेकपा एमाले चम्पादेवी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कमिटी ओखलढुंगाका सचिवालय सदस्य रहेका थिए । उनीसँगै एमाले ओखलढुंगा काठमाडौ सम्पर्क मञ्चका सदस्य कबिता मिश्र ९अधिकारी० सोमबार कांग्रेसमा प्रवेश गरेकी छिन ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबाट पार्टीको सदस्यता उनीहरु पार्टी प्रवेश गरेको सिद्धिचरण नगरपालिकाका मेयर कांग्रेस जिल्ला सभापति तेजन खनाल ९तेजेन्द्र०ले जानकारी दिए ।पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले समन्वय गरेर मिश्रलाई कांग्रेस प्रवेश गराएका हुन् । स्थानीय निर्वाचनमा बागी उठेपछि मिश्रलाई एमालेले कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको थियो ।

प्रकाशित मिति : June 6, 2022 at 2:56 pm