१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

माधव नेपालको मन्त्री फेर्ने निर्णय देउवाद्धारा अस्वीकार, सपथका लागि तयार भएकाहरू ट्वाँ

२३ जेठ, काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेको मन्त्री फेर्ने निर्णप प्रधानमन्त्री शेरबहादुर देउवाले अस्विकार गरेका छन । योसँगै माधव नेपालले मन्त्रीहरु फिर्ता बोलाउन गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो। छलफलमा केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न आफू नचाहेको देउवाले बताएका थिए ।

देउवाको अडानपछि तत्काल नयाँ मन्त्री नथप्ने निर्णय भएको बुझिएको छ। बैठकको रिपोर्टिङ लिएका स्वास्थ्यमन्त्री बिरोध खतिवडाले बजारको हल्ला बजारमै सकिएको बताएका छन । आइतबार पार्टी सचिवालय बैठक बसेर एकीकृत समाजवादी पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो। नयाँ मन्त्रीहरुको नाम पनि बालुवाटारमा पठाइसकिएको थियो।

समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेगरी देउवालाइ नाम दिएको थियो । अब मन्त्री बन्न कसिएकाहरू देउवाको यस्तो निर्णयबाट ट्वाँ परेका छन ।

प्रकाशित मिति : June 6, 2022 at 1:33 pm