११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सेयर बजारमा करोडौँ डुबेको भन्दै लगानीकर्ताहरु आन्दोलित

२३ जेठ, काठमाडाैँ । सेयर लगानीकर्ताहरुले कालोपट्टीसहित प्रदर्शन गर्ने भएका छन् । उनीहरूले नेपाल धितोपत्र बोर्ड अगाडी आज प्रदर्शन गर्न लागेका हुन । सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले कालोपट्टीसहित प्रदर्शन गर्न लागेका हुन् ।

सरकारले तीन वर्षदेखि लगानीकर्ताहरुलाई आश्वासन मात्रै देखाएर राखेको र प्रतिबद्धताहरु पुरा नगरेको भन्दै १९ बुंदे मागसहित तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरेका छन । सो अनशन अघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।

काठमाडौको भृकुटीमण्डपमा जेठ २१ गते शनिबार लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको थियो । लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग् छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र ९ गतेपूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : June 6, 2022 at 11:49 am