११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

यी हुन समाजवादीबाट मन्त्री हुन सिफारिस भएका नेता

२२ जेठ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तनको निर्णय गरेको  छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री परिवर्तनको निर्णय गरेको हो। समाजवादीका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवलाइ नयाँ मन्त्रीको नाम बुझाइसकिएको एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् । भने यसअघिका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् ।

प्रकाशित मिति : June 5, 2022 at 4:13 pm