१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पछिल्लो १० महिनामा नेपाल भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ

२२ जेठ, काठमाडाैँ । नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ ।

विभागका अनुुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ विभिन्न देशबाट आयात गरेको छ । जबकी केही वर्षअघिसम्म नेपालले यी खाद्यन्न निर्यात गर्ने गथ्र्यो ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले उक्त मुल्य बराबरको धान, चामल, मकै र गहुँ आयात गरेको हो । सो अवधिमा विभिन्ने देशबाट नेपालमा २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चालम र १६ अर्ब ९ लाख ७१ हजार रुपैयाँ धान भित्रिएको छ ।

सोही अवधिमा ६ अर्ब ३२ करोड ५२ लाख ९२ हजार रुपैयाँको गहुँ र १५ अर्ब ३६ करोड ९९ लाख ४१ हजार रुपैयाँ मकै नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले पछिल्लो दश महिनामा १९ करोड १५ लाख ५७ हजार १८९ केजी गहुँ, ४२ करोड ५६ लाख २२ हजार ४०८ केजी मकै, ५२ करोड ७७ लाख ८१ हजार ८७७ केजी धान र ४९ करोड ९१ लाख २ हजार ३९१ केजी चामल आयात गरेको छ ।

प्रकाशित मिति : June 5, 2022 at 2:36 pm