सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा
२२ जेठ, काठमाडाैँ । सिटिजन्स बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १८ हजार ८सय ४३ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १५० रुपियाँ तोकिएको छ ।
यस अघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गरीएको थियो । तर संस्थापक सेयरधनीहरूबाट उक्त सेयर खरिदको लागि कुनैप्नि आवेदन नपरेको हुनाले सो सेयर सर्वसाधारणका लागि जारी गरिएको हो ।
उक्त सेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति वा संस्थालेसूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कति कित्ता सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन दिनसक्नेछन् ।
प्रकाशित मिति : 12:55









