८ असार २०८३, सोमबार | Mon Jun 22 2026

घनश्याम भुसाल स्पष्टिकरण प्रकरणः आबेग, उत्तेजना छाडेर अघि बढ्न योगेशको आग्रह

२२ जेठ, काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासन आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि पार्टीका नेताहरू समर्थन र बिरोधमा बाँडिएका छन । स्पष्टिकरणको विषय आधाकारिक रूपमै बाहिरिएपछि सचिव योगेश भट्टराईले उत्तेजनामा नआउन अनुरोध गरेका छन ।

उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि कृया र प्रतिकृयाले सहि ठाउँमा पुग्न नसकिने बताएका छन । भट्टराईले भनेका छन,  ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि कृया र प्रतिकृयाले सहि ठाउँमा पुर्याउँदैन । फेरी पनि बादे बादे जायते तत्व बोध !’

बुधबार बसेको एमालेको अनुशासन अायोगको बैठकले हिमालय टेलिभिजनमा भुसालले दिएको अन्तवार्तामा अापत्ति जनाउँदै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : June 5, 2022 at 11:12 am