१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

बिराटनगर महानगरपालिकाको कार्यपालिमा एमाले र स्वतन्त्र विजयी

२१ जेठ, विराटनगर । प्रदेश नं १ को राजधानी सहर बिराटनगर महानगरपालिकाको कार्यपालिका चुनावमा गठबन्धनको मत चोरेर एमाले विजयी भएको छ । मत आज शनिबार भएको निर्वाचनमा गठबन्धनका उम्मेद्वार पराजित भएका छन । गठबन्धनले अन्तरघात भएको जनाएको छ ।

घोषित परिणाम अनुसार अल्पसंख्यकमा एमालेका दिपक कर्ण ५२ ,स्वतन्त्र ओमप्रकास साह ५५ र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छ्न ।

मतदानमा अल्पमत रहेका एमाले र स्वतन्त्रका उमेदवार बिजयी भएका छ्न । विराटनगर महानगरपालिकामा एमाले ४३, कांग्रेस ४०, जसपा १० स्वतन्त्र ३ र राप्रपा १ सिटमा विजयी भएको थियो । शनिबार भएको कार्यपालिकाको चुनावमा जसपा, कांग्रेस र राप्रपा तालमेल गरि चुनाव लडेका थिए ।

 

प्रकाशित मिति : June 4, 2022 at 3:17 pm