१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

मुख्यमन्त्री पाण्डेले भनेको व्यक्तिलाई ४० लाख अनुदान नदिँदा तीन कर्मचारीको सरूवा

२० जेठ, मकवानपुर । एक झ्याल एक मन्त्रालय बनाएर त्यसको नेतृत्व गरेका बागमती प्रदेशका मुख्य राजेन्द्रप्रसाद पाण्डेले भनेको व्यक्तिलाई अनुदान नदिँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका तीन कर्मचारीको सरूवा भएको छ ।

धादिङ जिल्लाको तिलकण्ठ नगरपालिका बस्ने कुल बहादुर तामाङ्गलाई बंगुर पालनको स्रोत केन्द्र बनाउनका लागि ४० लाख अनुदान दिन मुख्यमन्त्री पाण्डेले निर्देशन दिएका थिए तर कर्मचारीले कार्यबिधि अनुसार नमिल्ने भएपछि त्यसो गर्न सकेनन् । पछि मुख्यमन्त्रीले अाफ्नो निर्देशन पालना नगरेको भन्दै तीन जना कर्मचारीकै सरूवा गरिदिएका छन ।

कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईं र मन्त्रालयका सचिव डा शरण पाण्डेले समेत कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन नमानेको भन्दै धम्क्याएका छन । विदाको दिनसमेत अपरिचित व्यक्तिहरू क्वाटरमा पठाएर धम्काएको पीडित कर्मचारीहरूले बताएका छन ।

मुख्यमन्त्रीको डाढो निर्देशनमा श्रोत केन्द्र स्थापना सम्वन्धी कार्यक्रम मुल्याङकन समितिका संयोजक तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका डा ध्रुव डिसीलाई दोलखा, समितिका सदस्य डा सविना मिश्रलाई नुवाकोटको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र र अर्का प्रतिनिधि कानून अधिकृत प्रकाश चापागाईलाई प्रदेश प्रमुखको कार्यलयमा सरुवा गरिएको छ ।

मुख्यमन्त्रीको निर्देशन नमानेको भन्दै मन्त्रालयको सचिव पाण्डेले कानुन अधिकृत चापागाइको ३५ दिने सेवाकालिन तालिमको भत्ता समेत रोकिदिएका छन । डा डिसी चार महिना अगाडि मात्र निर्देशनालयमा सरुवा भएका थिए । कर्मचारीले कार्यबिधिीमा ३० वटा बंगुर पालन गरेको हुनुपर्ने नियम भएकाले १६ वटामात्र बंगुर भएका कुलबहादुरलाइ मूल्यांकनमा राख्न नसकिएको बताएका छन ।

प्रकाशित मिति : June 3, 2022 at 12:28 pm