१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

शिक्षा र स्वास्थ्य मन्त्रालयले राम्रा जनशक्ति उत्पादन गरेको छ: पोखरेल

१९ जेठ, काठमाडाैँ । माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले शिक्षकलाई अस्पताल बनाउने काम उचित रहेको जानकारी दिए ।

‘शिक्षकका लागि अस्पताल बनाउनु विषय राम्रो हो,’ उनले भने, ‘अझ भएका अस्पतालको गुणस्तर सुधारेर सबैलाई सोही अस्पतालबाट सेवा दिन पनि सकिन्छ ।’ बजेटमा समेटिएको बिमाको विषयमा पुनारावलोकन गर्न उनले सुझाव दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १३:३४