राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री
१९ जेठ, हेटौंडा । राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन् । हेटौंडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिदै बधाई सहित शुभकामना दिएका छन् ।
जिम्मेवारी प्राप्त खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी काल देखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफुले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रकाशित मिति : June 2, 2022 at 10:14 am









