अर्थमन्त्रीलाई लालबाबुको प्रश्नः चितवन एक घण्टामा हेलिकप्टरबाट झुण्डिएर पुग्ने हो ?
१८ जेठ, काठमाडौं । नेकपा एमाले सांसद लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्मालाई काठमाडौंबाट चितवन कसरी एक घण्टामा पुगिन्छ भनेर प्रश्न गरेका छन् ।
संसदमा बजेटमाथिको आजकाे छलफलमा सहभागी हुँदै उनले आवश्यक बजेट नै नछुटाई एक घण्टामा चितवन पुग्ने सडक बनाउँछु भन्नु हावादारी भएको बताए ।
उनले हेलिकोप्टरमा झुन्डिएर एक घण्टामा चितवन पुग्न खोजिएको हो भन्दै अर्थमन्त्रीलाई प्रश्नसमेत गरे । उनले भने, ‘अर्थमन्त्रीज्यू काठमाडौंबाट चितवन एक घण्टामा हेलिकोप्टरमा झुन्डिएर जानुहुन्छ ? के भन्न खोज्नु भएको हो ? कति बजेट छुट्टाएको छ ?’
उनले अहिलेको बजेट हावादारी भएको आरोप समेत लगाए । उनले अहिलेको बजेटले हुने खाने र निजी क्षेत्रलाई मात्र सम्बोधन गरेको बताए । उनले बजेटमा जनतालाई गुलियो नारा बाहेक अरू केही नदिइएको आरोप लगाए ।
प्रकाशित मिति : June 1, 2022 at 6:10 pm









