९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य आधारहिनः पूर्व अर्थमन्त्री पाैडेल

१७ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताएका छन । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको माथि सैद्धान्तिक छलफलमा भाग लिँदै पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि बनेको सरकारले जस्तै आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताए ।

उनले बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप पनि लगाए । नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख रहेको पाैडेलको भनाइ छ । पाैडेलले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १५:२५