९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

ग्यासको मूल्य एकै पटक ६२५ रूपैयाँ प्रति सिलिण्डर बढ्ने, यस्तो छ अर्थमन्त्रीको घोषणा

१५ जेठ, काठमाडौँ । ग्यासको मूल्य एकै पटक ६२५ रूपैयाँ प्रति सिलिण्डर बढ्ने भएको छ । सरकारले ग्यासमा दिँदै आएको अनुदान कटौतिको घोषणा गरेसँगै अब एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ६२५ रूपैयाँ वृद्धि हुने भएको छ ।

बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले खाना पकाउँने एलपी ग्याँसमा दिँदै आएको अनुदान कटौती गर्ने घोषणा गरे । उनको यो घोषणासँगै ग्याँसको मूल्य ६२५ रूपैयाँ बढ्ने भएको छ । सरकारले अहिले प्रति सिलिण्डर ६२५ रूपैयाँ अनुदान दिँदै आएको छ । १८०० रुपैंयाँ प्रतिसिलिण्डर रहेको ग्याँस ६२५ रूपैयाँले बृद्धि भएपछि २४२५ रूपैयाँ पुग्नेछ ।

अर्थमन्त्री शर्माले एलपी ग्याँस छाडौं, बिजुली जोडौं भन्ने अभियान बजेटमा समावेश गरिएको बताउँदै उनले एलपी ग्याँस छाडेर बिजुलीबाट खाना पकाउँनतिर लाग्नुपर्ने बताएका छन । उनले एक वर्षभित्र सिंहदबारमाएलपी ग्याँस प्रयोगमा बन्देज लगाउँने घोषणा पनि गरे । उनले काठमाडौं महानगरपालिकाबाट विस्तारै एलपी ग्याँस हटाउँने उल्लेख गरे ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १८:५६