९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत, अर्थमन्त्री संसदमा

१५ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९÷८० को बजेट स्वीकृत गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ । १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:०४