११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मूल्यवृद्धिमाथि संसद्मा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

१० जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र प्रतिपक्षी दल राप्रपाका सांसदले मूल्यवृद्धिमाथि संसद्मा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन । मंगलबार पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसद्मा छलफलको माग गर्दै उनीहरूले संसद सचिवालमाय जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन ।

नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराई प्रस्तावक रहेको प्रस्तावमा एमालेका यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन जनाएका छन । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी समक्ष सांसदहरूले मंगलबार उक्त प्रस्ताव बुझाएर दर्ता गराएका छन । पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान विरुद्ध गएर पछिल्लो समय हप्तादिनमित्रै दुई पटक बृद्धि गरिएपछि एमाले एक्सनमा उत्रिएको हो ।

प्रकाशित मिति : May 24, 2022 at 2:54 pm