२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

अमेरिकामा हुने टुरका लागि उत्साहित छाैः कप्तान लामिछाने


९ जेठ, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिकामा हुने टुरका लागि उत्साहित रहेको र सकेसम्म धेरै खेल जित्ने बताएका छन ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध कायम भएको ७५औं बर्षको अवसरमा आइतबार काठमाडौमा गरेको पत्रकार सम्मेलनमा लामिछानेले अमेरिकामा हुने लिग–२ का लागि उत्साहित रहेको भन्दै सकेसम्म धेरै खेल जित्ने प्रयास गर्ने बताएका  हुन ।  उनले यसअघि पनि अमेरिका जान खोजेको र बिभिन्न समस्या भएको स्मरण गरे ।

यस्तै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले अमेरिकामा हुने टुर नेपालका लागि राम्रो अवसर हुने बताए । अमेरिकाममा केहि अभ्यास खेल समेत हुने र टुर सफल हुने उनको भनाई छ । उनले अमेरिका टुर २०२३ को विश्वकपको छनोटको आधार हुने विश्वास व्यक्त गरे । अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज २५ जेठ देखि सुरु हुँदैछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ०८:३०