पद, शक्तिका लागि जे सुकै गर्न र सोच्न छाडौँः नारायणकाजी श्रेष्ठ
६ जेठ, कठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पद, शक्तिका लागि जे सुकै गर्न र सोच्न छाड्नुपर्ने बताएका छन । स्थानीय तह निर्वाचनको नतिजा करिब अन्त्यतिर पुगेको बेलामा शुक्रबार श्रेष्ठले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन । उनले भनेका छन, ‘चुनावदेखि चुनावसम्म,सरकारदेखि सरकारसम्ममा सिमित हुदै गएर देश,जनता,श्रमिक एवं उत्पिडीत बर्ग(समुदाय,आदर्श,सिध्दान्त , मुल्य ,लक्ष्य र उदेश्यको विसर्जनको विन्दुमा पुग्यौं भने कम्युनिष्ट वा क्रान्तिकारी समाजवादी भनिरहनुको कुनै अर्थ हुनेछैन। पद, शक्ति र अहंलाई मार्गदर्शक बनाउन र त्यसको लागि जे सुकै गर्न र सोच्न छाडौं ।’
प्रकाशित मिति : May 20, 2022 at 1:43 pm









