६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

इंग्लिस प्रिमियर लिग फुटबलः एभर्टन रेलिगेशनबाट बच्यो


६ जेठ, काठमाडाैँ । ६८ वर्ष लामो इंग्लिस प्रिमियर लिग फुटबलको ईतिहास बोकेको एभर्टन बिहीबार राति क्रिस्टल प्यालेसलाई हराउँदै रेलिगेशनबाट बचेको छ ।

प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउदै ३-२ को जित निकालेर एक खेक बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो ।

जेयान र जोर्डनको गोलसंगै भ्रमणकारी टोली प्यालेस पहिलो हाफमा २-० ले अग्रता लियो । तर दोस्रो हाफमा माइकल केइन, रिचार्लिसन र कार्भाटको गोलमा एभर्टनले पुनरागमन गर्यो ।

जितसंगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ । प्यालेस ४५ अंकसहित १३औं स्थानमा छ । एभर्टनको जितसंगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ ।

अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन् । यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ । यता, अन्तिम खेल्बाटनै लिगको विजेता टुंगो लाग्नेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०७:४७