११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

संसद बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ ।

छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् । नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो ।

प्रकाशित मिति : May 18, 2022 at 1:31 pm