८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु

२ जेठ, झापा । झापामा हात्तीको आक्रमणबाट एक वृद्ध ज्यान गएको छ । हात्तिको आक्रमणबाट सोमबार दिउँसो पौने ४ बजे मेचिनगर नगरपालिका-९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको आक्रमणबाट मृत्यु भएको हो ।

टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा हात्तिको आक्रमणमा परेका थिए । आक्रमणबाट घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति : May 16, 2022 at 5:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/