बलात्कारीको संरक्षण गर्न खोज्ने कञ्चनपुरका सिडिअो र एसपी दुबै हटाइए
७ भदाै, काठमाडाैँ । बलात्कारीको संरक्षण गर्न खोज्ने कञ्चनपुरका सिडिअो र एसपी दुबै हटाइए छन । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिअो) कुमारबहादुर खड्का र एसपी डिल्लीराज विष्टलार्इ हटाएको हो । गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र एसपी दुबैको सरूवा गरेको हो ।
१३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाएर उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको छ । त्यस्तै मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि सरुवा गरेको छ ।
प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १६:४९