कञ्चनपुरमा खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित
२ जेठ, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।
गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।
प्रकाशित मिति : May 16, 2022 at 11:09 am









