८ असार २०८३, सोमबार | Mon Jun 22 2026

६ घण्टाकोलागि नेपालमा भारतीय प्रधानमन्त्री मोदी

२ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदी भारतबाट सिधै लुम्बिनी आई त्यहींबाट स्वदेश फर्कने छन् । तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा विहान एघार बजेतिर लुम्बिनी आउने छन् ।

त्यसपछि उनको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उनले पवन इन्टरनेसनल होटलमा राजनीतिक भेटवघाट गर्ने जनाइएको छ ।

होटलमा नै परराष्ट्रमन्त्री डा। नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । मध्यान्ह १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै नेपाल(भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक हुनेछ ।

प्रकाशित मिति : May 16, 2022 at 10:27 am