भरतपुर अपडेट: मेयरमा नेकपा एमालेका विजय सुवेदीको अग्रता
२ जेठ, भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार सुवेदीले ३ हजार ६६७ मत प्राप्त गरेका छन् । त्यस्तैगरी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत प्राप्त गरेकी छिन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ४१३ मत प्राप्त गरेका छन् ।
(यसअघि समाचारको शिर्षकमा भुलवस विजय सुवेदीको अग्रता हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।-सम्पादक)
प्रकाशित मिति : May 16, 2022 at 10:21 am









